तमुवान विनाको संविधान असम्भव

Read Time:5 Minute, 18 Second

आदिवासी जनजाति अगुवाहरुले तमुवान प्रदेश स्थापना नहुाजेल संघर्षरत रहने उदघोष गरेका छन । पोखरामा वैशाख १७ गतेदेखि शुरु तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको उदघाटन समारोहका वक्ताहरुले यस्तो उदघोष गरेका हुन ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य देव गुरुङले पहिचान सहितको जातीय स्वायत्त प्रदेश घोषणा नगरिए आफ्ना प्रदेश आफै घोषणा गर्ने अभ्यास गर्नुपर्ने उल्लेख गरे । एमाओवादीले पछिल्लो पटक प्रस्तावित गरेको दश प्रदेश नामाकरणको विरोध गर्नुहुदै संघीयता पहिचानका लागि भएकाले तमुवानको पछाडि पुच्छर आवाश्यक नभएको बताए । एकाधिकार ब्राम्हणवादी चिन्तनका कारण पहिचान समानुपातिक प्रतिनिधीत्व आत्मनिर्णय अग्राधिकार लगायतका अधिकार स्विकार्न तयार नभएकाले मुलुकमा समस्या समाधान नभएको बताए ।

एमाले उपाध्यक्ष अशोक राईले तमुवान स्थापनाप्रति ऐक्यवद्धता जनाउँदै आदिवासी जनजातिको अधिकार तमुवानको अठोटलाई कसैले रोक्न नसक्ने धारणा राखे । आदिवासी जनजाति सभासद समुह ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वाहुनवादी एकाधिकार तोडेर तमुवान स्थापना गरेरै छाड्ने उदघोष गरे । आदिवासी जनजातिका अधिकारको उचित सम्बोधन नभए ठुला राजनितिक पार्टीमा समस्या उत्पन्न हुने उनको भनाई थियो ।


आदिवासी जनजातिले आफ्ना अधिकारका माग गर्दा समाजै गठन गरेर मागका विरुद्ध वाहुन समाज क्षत्री समाज प्रस्तुत भएकाले आदिवासी जनजाति होइन उनीहरु साम्प्रदायिक बनेको बताए  । ककसका अध्यक्ष गुरुङले संविधान जारी गर्न राजनीतिक दलका शीर्ष नेताहरुले मात्रै सहमति होइन आदिवासी जनजाति र मधेशीसँग सहमति गर्नु पर्नेमा जोड दिए ।  

नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष किरण गुरुङले पहिचान स्थापित र अस्तित्वका लागि तमुवान प्राप्त नहुाजेल आन्दोलन आवाश्यक भएको बताए । पार्टीका नेताहरु विच आन्तरिक सहमतिका नाममा ६ ८ वा १० प्रदेशमा आफुहरु कुनै पनि हालतमा सहमति नगर्ने उनको  भनाइ थियो ।
 
नेपाल आदिवासी जनजाति संघका अध्यक्ष समासद इन्द्रबहादुर गुरुङले जेठ १४ भित्र जारी हुने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए जलाउने घोषणा गरे  ।
तमु िधं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न समारोहमा तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सभासद अमर गुरुङ, सभासद सुरेश आलेमगर, नेकपा एकिकृतका नेता केवी गुरुङ, नेपाली काँग्रेसका सभासदहरु सिता गुरुङ र जिप छिरिङ शेर्पा, सभासद राजकाजी गुरुङ, अल्पसंख्यक समुदायका तर्फबाट सभासद सावित्री दुरा गुरुङ, तासी स्याङ्वो गुरुङसेनी, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, तामाङ घेदुङका पुर्व अध्यक्ष धनप्रसाद तामाङ, मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्रबहादुर थापा, लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन, खगेन्द्रजंग गुरुङ, प्रा.डा. ओम गुरुङ, डा. कृष्ण भट्टचन, राष्ट्रिय महिला महासंघका महासचिव सोनी लामा, विदेशी विज्ञहरु जोन कालिन, टेरी टर्नर, क्याथरिन मार्च, ज्योति भट्टचन, देवीराज तमु, रेशम तमु लगायतले पहिचान सहितको संघीयताको विकल्प नभएको धारणा राखे ।

यस अघि चिप्लेढुंगाबाट मौलिक पोशाक बाजागाज सहित शुरु भएको बुहत र्याली भिमसेन चोक नयाँबजार लखनचोक बुद्धचोक अमरिसंहचोक हुदै अमरिसंह चौरमा पुगेर समारोहमा परिणत भएको थियो । तीन दिने सम्मेलनको सोमवार र मंगलवार पोखरा सभागृहमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफल कार्यक्रम रहेको छ ।

हुम तमु पोखरा 
तस्विर:- दीनानाथ बराल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %