नयाँ जातीय पार्टी घोषणा

Read Time:1 Minute, 11 Second

राज्य पुर्नसंरचनामा पहिचानको मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा बहस भईरहेको बेला जातीय अधिकारको वकालत गर्ने नयाँ पार्टी गठन भएको छ । सुरेश खड्गीको अध्यक्षतामा नेवा: जनअधिकार परिषद पार्टी गठन गरिएको सो पार्टीका सूचना तथा सन्चार विभाग प्रमुख तथा पत्रकार सुविन श्रेष्ठले जानकारी दिएका छन् ।

अनलाईन सप्ताहिकका प्रकाशक सम्पादक श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीको उपाध्यक्षहरुमा मदन कर्माचार्य, मन्जु बज्राचार्य, नारायण चित्रकार, राम ताम्रकार  र यचु जोशी रहेका छन् ।  नवगठित पार्टीको महासचिवमा विनोद रन्जितकार,सचिवमा हरि तण्डुकार र कोषाध्यक्षमा पार्वती बज्राचार्य रहेका छन् । ३३ सदस्यीय कार्यसमिति घोषणा गरेको सो पार्टीको १३ विभाग गठन गरिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %