बैशाख १७ गतेदेखि पोखरामा हुन गइरहेको तीन दिने तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको प्रचार प्रसारका लागि लेखनाथमा ङ्योंए तमु िधंले प्रचारात्मक र्याली एवं प्रचारसभा सम्पन्न गरेको छ । लेखनाथ नगरपालिका कार्यालयबाट शुरु भएको र्याली शिशुवा बजार, तालचोक हुदै भण्डारढिकस्थित ङ्योंए तमु िधंमा पुगेर प्रचारसभामा परिणत भएको थियो ।
र्याली प्रारम्भ पुर्व लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राममणी अधिकारीले पहिचान र अधिकारका लागि सबैले सचेत हुनुपर्ने बताए । ङ्योंए तमु िधंमा सम्पन्न प्रचारसभामा सभासद अमर गुरुङले पोखरामा हुने बृहत सम्मेलन तमु लगायत आदिवासी जनजातिका अधिकार लेखाउन दवाव दिने सम्मेलन भएकाले संविधानमा अधिकार नलेखुाजेलसम्म आन्दोलित रहन आग्रह गरे ।
प्रा. डा. ओम गुरुङले तमुवान आदिवासी जनजाति बृहत सम्मेलन पहिचानको आधारमा तमुवान स्थापनाका लागि दवाव पनि भएकाले आम आदिवासी जनजातिको सहभागीताको लागि आग्रह गर्दै टाउको र पुच्छर भएको तमुवान प्रदेश स्विकार्य नहुने उल्लेख गरे ।
]
िधंका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु िधं नेपालका महासचिव देवीराज गुरुङ, तमु ह्युला छोंज िधंका टेकबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, चेतबहादुर गुरुङ, मेजर रामप्रसाद गुरुङ, मनबहादुर गुरुङ, गोपालमान गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रचार र्यालीमा बैशाख १७ गते पोखरामा हुने बृहत जनप्रर्दशनमा सहभागी बनौं तमुवान स्वायत्त प्रदेश घोषणा गर जेठ १४ भित्र संविधान जारी गर लगायतका नारा लगाएका थिए ।
हुम तमु, पोखरा
