जातीय विकास र हक अधिकारका लागि सम्पूर्ण मगरहरु एक जुट हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुलॆ जोड दिएका छन् । नेपाल मगर संघ देवदह गाउँ ईकाई समितिको छैठो अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन ।
मगर संघ देवदहका अध्यक्ष पदम थापामगरको अध्यक्षता सहसचिव श्याम थापाको स्वागत र सचिव गोविन्द घर्तिको संचालनमा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला अधिवेशन तयारी समितिका सदस्य प्रेम थापामगर, भूलबहादुर सुनारी, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहका अध्यक्ष केशर पुन, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, सल्लाहकार दलबहादुर पाईजा, डम्वरबहादुर थापा, टेकबहादुर थापा, निमकला पुन, लालबहादुर दलार्मी लगायतले बोल्दै मगरहरुले राजनैतिक चेतनाको विकास गर्दै नीति निर्माण गर्ने तहमा पुग्नु पर्नेमा जोड दिए ।
अधिवेशनले लाल बहादुर दलार्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कायसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दानमाया थापा, सचिवमा गोविन्द घर्ति, कोषाध्यक्षमा खहर िसंह श्रीस र सहसचिवमा श्याम थापा रहेका छन् । त्यसै गरी सदस्यहरुमा ईन्द्रा थापा, मेख बहादुर गाहा, चिनीसरा थापा, रिता थापा, इ्रन्द्र बहादुर थापा, नन्द बहादुर गलामी, गम बहादुर पुन, लेख बहादुर थापा र लालु िसंजाली रहेका छन् ।
