विनोद रखाली मगर
श्री चण्डी प्रा.वि पिडीखोला सल्यान गांउमा यो वर्ष देखी वाहिर गांउवाट अध्ययन गर्न आउने विधार्थीहरुका लागी पूर्ण छात्रवृति सहित अङग्रेजी माध्यममा पढाइ हुने भएको छ । गत वर्ष देखी सुरु भएको अङग्रेजी माध्यमको कक्षा मा नेपाली विषय वाहेक सवै विषय अङग्रेजीमा अध्यापन हुदै आएको विधालयका प्रध्यानध्यापक थान वहादुर थापा मगरले जानकारी दिनुभएको छ ।
थापाका अनुसार सल्यान गांउ वाहिर वाट अध्ययनका लागी आउने विधार्थीहरुका लागी विभिन्न प्याकेज सहितको सेवा सुविधा दिइने छ जस अन्तरगत सर्ट,पाइन्ट,फ्रक,सुज,टाइ,वेल्ट,व्याग, अध्ययन अवधि सम्मको लागी, १ वर्ष सम्मको कापी,किताव,कलम लगाएतका शैक्षिक सुविधाहरु निशुल्क उपलव्ध गराउने वताउनुभयो ।
शैक्षिक गुणस्तर उकास्न र विधार्थी भर्ना सङख्या वढाउनका लागी यस्तो कदम चालीएको विधालयले जनाएको छ । छिमेकी वरीपरीका वालवालीका हरुलाई भर्ना गरी गुणस्तरको शिक्षा प्रदान गर्ने अवशरको लागी विधालय परीवारले अभिभावकहरु संग आग्रह गरेका छन् ।
स्मरण रहोस् नेपाल सरकार र जाइका ले ग्रामिण भेगमा वालवालीकाहरुको शैक्षिक रुचि वढाउन विभिन्न सेवा र सुविधा जस्तै खाजाको व्यवस्था,सरसफाइ सामाग्रीहरु,प्राथमिक उपचार सेवा लगाएतका सुविधाहरु यस अघिनै ल्याइसकेको छ ।
