
भारतका चर्चित प्रोफेसर एमपी सिँहले नेपालमा पहिचान सहितको संघीयता आवश्यक भएको धारणा राखेका छन् । भारतको राजधानी दिल्लीमा नेपाली सन्चारकर्मीसँग अन्तरकि्रया गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेपालमा पहिचान सहितको संघीयताको विषयमा बहस भईरहेको बेला सिँहले पहिचानलाई आत्मसात गर्न सल्लाह दिएका हुन् । कार्यक्रममा उनले भने, ‘संघीयतामा जान ढिलो गर्नु भनेको विभाजनको रेखा कोर्नु हो ।’
नेपाल जस्तो जातीय भौगोलिक विविधिता भएको मुलुकमा पहिचान सहितको संघीयता टिक्न सक्छ कि सक्दैन भन्ने नेपाली पत्रकारको प्रश्नको जवाफ दिँदै प्रोफेसर सिँहले संघीयता समस्या नभई समाधानको अचुक अस्त्र भएको समेत उल्लेख गरे ।
इन्डियन इ_िन्स्टच्यूट अफ पब्लिक एडमिनिसट्रेसनमा भएको कार्यक्रममा प्रोफेसर सिँहले बेलैमा संघीयतामा गएको भए पूर्वी वंगाल विभाजन भएर अर्को देश नबन्ने ठोकुवा गरे । भारत मात्रै होइन संघीयतामा नजाँदा १९७२ मा पाकिस्तानले समेत विभाजनको पिडा भोग्नु परेको उनको धारणा थियो ।
प्हिचान सहितको संघीयतालाई आत्मसात गर्न नसक्दा श्रीलंकामा लिट्टे विद्रोह भएको प्रोफेसिर िसंहले उल्लेख गरे । केन्द्रिकृत शासन व्यवस्थाकै कारण श्रीलंकामा लाखौंको ज्यान गएको उनले बताए ।
राज्यसत्ता राजनीतिक ब्यूरो नयाँ दिल्लीबाट
तस्विर: राज्यसत्ता डटकम
