आदिवासी जनजातिहरुले जातिय पहिचान सहितको राज्य पुर्नसंरचना नगरिए आगामी जेठ ९ गतेदेखि देश ठप्प पार्ने भएका छन् ।
थरुहट, खम्बुवान, लिम्बुवान तथा आदिवासी नागरिकको तर्फबाट निर्माण गरिएको आदिवासी जनजातिहरुको संघीय समाजवादी आन्दोलनले जातिय पहिचान सहित संघीय राज्य नभए आगामी जेठ ९ गतेदेखी देशब्यापी आमहड्ताल गर्ने भएका हुन् । संघीय समाजवादी आन्दोलनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी वैशाख ९ गतेदेखि जेठ ९ गते सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
यस्तै संघीय समाजवादी आन्दोलनका संयोजक संजुहाङ पालुङवाले देशमा संघीयता विना कुनै पनि संविधान जारी भए स्वीकार्य नहुने चेतावनी दिए ।
जातिय राज्य नभए देश ठप्प
Read Time:1 Minute, 6 Second
