मन्त्री एमएस थापा र प्रधानमन्त्री भट्टराईबीच ठाकठुक

Read Time:2 Minute, 4 Second

पाल्पा बैशाख ३ गते
शान्ति, नयाँ संबिधान, संघियता र शुसासनको लागी भन्दै सरकारमै रहेको राष्ट्रिय जनमुतिm पार्टीले आज देखि ३ दिन सम्म आब्हान गरेको नेपाल बन्दले जनजिवन प्रभावित भएको छ । गत मंशिर १२ गते १० बँुदे माग सहितको ज्ञापन पत्र बुझाएको जनमुतिm पार्टीले गरेको ३ दिने नेपाल बन्दले देशभरको जनजिबन प्रभाबित पारेको हो । बन्दले पाल्पा लगाएतका जिल्लाहरुमा यातायातका साधन,शैक्षिक संस्थाहरु, कलकारखाना थप्प छन् ।  बुटवल, पोखरा लगाएतका ठाँउहरुमा पार्टीका कार्यकर्ताहरु बिहानै बाट सडकमा निस्किएर बजार बन्द गराउदै हिडेका छन् । बन्द गराउदै हिडेका केही कार्यकर्तालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ ।
सरकारमै रहेको पार्टीले नेपाल बन्दको आब्हान गरेपछि प्रधानमन्त्री बाबुराम भट्राईले श्रममन्त्री तथा जनमुतिm पार्टीका अध्यक्ष एम,एस थापालाई तत्काल बन्द फिर्ता लिन कडा आग्रह गरे ।  तर जनमुतिm पार्टीले भने आफ्नो आन्दोलनलाई रोक्न नमिल्ने बताएको छ ।  त्यसपछि मन्त्री र प्रधानमन्त्रीबीच ठाकठुक परेको बताइन्छ ।
राष्टिय जनमुतिm पार्टीका स्थाई समिति सदस्य तथा प्रचार बिभाग प्रमुख टोप अस्लामीले,  सरकारको चेतावनीको बाबजुट पनि बन्द फिर्ता नहुने बताएकाछन् । बरु सरकार छाड्ने तर आफ्नो अडान अछाड्ने पार्टीको निर्णय भएको पनि उनले जानकारी दिए ।
-देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %