मगर विधार्थी संघ कास्कीको अध्यक्षमा रानामगर सर्वसम्मत

Read Time:5 Minute, 14 Second

विनोद रखाली मगर
पोखरा, चैत्र २९
नेपाल मगर विद्यार्थी संघ कास्कीको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गम्भीरराज रानामगर सर्वसम्मत निर्वाचित भएका छन् ।

जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजकुमार थापामगर, भीमबहादुर घर्तीमगर, टंकराम थापामगर र हेमा रोकामगर निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भएपनि उपाध्यक्ष र सचिव पदका लागि भने निर्वाचन भएको थियो ।
त्यसैगरी, सदस्यहरूमा कुमार पुनमगर, पवित्रा बुढामगर, सनीमाया रानामगर, थममाया पुनमगर, सागर आलेमगर दिपक मगर लगायत रहेका छन् । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष रेनुका काउचामगरले पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने सवालमा षड्यन्त्र भए मगर विद्यार्थीहरू प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको थियो । सो अवसरमा बोल्दै काउचामगरले समानुपातिक निर्वाचन प्रणाली अनुसार स्ववियुको चुनाव हुनुपर्ने माग समेत गर्नुभयो ।
अधिवेशनका अवसरमा नेपाल मगर संघका केन्द्रीय सदस्य झलकबहादुर रानामगर, नेपाल मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीसमगर, बाह्र मगरात भाषिक उपाध्यक्ष सुमन थापामगर, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज गोविन्द पुनमगर, केन्द्रीय सदस्य एवं तथ्यांक विभाग प्रमुख गोमबहादुर रानामगर, केन्द्रीय सदस्य फरेन्द्र थापामगर, नेपाली कांग्रेसकी नेतृ वृन्दादेवी रानामगर, ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, सदस्य कुमार थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष युवराज गुरुङ, मगर विधार्थी संघ तनँहका अध्यक्ष सुमना थापा मगर ,नेत्रबहादुर थापामगरलगायतले बोल्नु भएको थियो  ।
कार्यक्रममा भीरबाट लडेर गम्भीर घाइते भइ चरक अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरेकी बालिका नरिमाया थापामगरलाई अनलाइन रेडियो सुन्नुहोस् डटकम बेलायत का प्रतिनिधि राज कुमार राइ मार्फत  करिब ७२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको थियो । घरको आर्थिक अवस्था कमजोर रहेकाले बालिका नरिमायालाई नेपाल मगर विद्यार्थी संघ कास्कीको सक्रियतामा नरिमाया बचाऊ समिति निर्माण गरी सहयोग संकलन गरिएको थियो ।
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने आठ जनालाई सम्मान समेत गरिएको थियो । जसमध्ये पत्रकार मनोज घर्तीमगरलाई पत्रकारितामार्फत् मगर भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै संघले कदरपत्रसहित सम्मान ग¥यो । त्यसैगरी मगर विधार्थी संघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष रेणुका काउचा मगरलाई समेत सम्मान गरीएको थियो । सम्मानित हुने अन्य व्यक्तित्वहरूमा भिडियोग्राफर दानबहादुर श्रीसमगर, जौमाया थापामगर, खगीसरा थापामगर, गोविन्द पुनमगर, जेनिशा पुनमगर, फरेन्द्र थापामगरलगायत रहेका छन् । यसै विच यस वर्षको मगर विधार्थी संघ उत्कृष्ठ क्याम्पस समितिमा राष्ट्रीय उच्च मा.वि र निरन्तर सक्रिय क्याम्पस समितिमा कालिका वहुमुखी क्याम्पस लाई अवार्ड प्रदान गरीएको थियो । कार्यक्रममा विभिन्न क्याम्पस तथा उच्च मावि समितिका तर्फबाट मगर संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
संघका निवर्तमान अध्यक्ष विनोद रखालीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गम्भीरराज रानामगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %