श्रम तथा यातायात व्यवस्था मन्त्री एमएस थापा मगरले संघीयता भनेकै जातीय एकाधिकारवादको अन्त्य भएको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिज रुपन्देहीले चैत २६ गते बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जातीय एकाधिकारवादले देश विखण्डमा जान सक्ने बताए ।
कार्यक्रममा मन्त्री थापाले भने सङ्घीयताले होइन एकाधिकारवादले देश टुकि्रने हो । उनले अधिकार िदंनु नैं सङ्घीयता भएको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष समेत रहेका थापाले आफूहरुले सबै जातजातिको पहिचान सहितको अधिकार खोजेको उल्लेख गरे । आफ्नो मन्त्रालयमा ठूलो धनराशिको चलखेल हुंने बताउँदै उहाँले त्यसलाई रोक्न आफूले पहल गर्ने दृढता व्यक्त गरे ।
मन्त्री थापा चैत २५ गते शुरु आफ्नो पार्टीको युवा संगठनको अधिवेशन उदघाटनका लागि बुटवल गएका थिए ।
