जनजातीलाई बिभेद गरेपछि गाविस भवनमा तालाबन्दी

Read Time:1 Minute, 54 Second

कर्मचारी नियुक्तिमा ब्यापक अनियमितता गरिएको भन्दै नवलपरासीको गैडाकोट गाबिसमा तालाबन्दी गरिएको छ । नेपाल आदिबासि जनजाति महासंघ, नेपाल आदिबासी जनजाति महिला महासंघ, नेपाल दलित सेवा समाज र दलित एकता महिला समुहले चैत २६ गते अनिश्चित समयका लागि गाबिस भबनमा ताला लगाएका हुन ।

उनीहरुले गैडाकोट गाबिसले खरिदार पदमा पदपुर्ति गर्ने नाममा जातीय एकाधिकार लादेको भन्दै चर्को बिरोध समेत गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ गैडाकोटका अध्यक्ष टकबहादुर थापा मगरले गाबिस जस्तो ठाउँमा कर्मचारी नियुक्तिमा आफ्न्तबाद लाद्ने गरेको बताए ।

जनजाति महासंघले गाबिसमा रहेका ठुला दलहरुले एकल निर्णय गर्ने गरेको भन्दै चर्को बिरोध गरेको छ । गाबिसको बैठकमा समेत आदिबासी जनजाति तथा दलितहरुलाई समाबेश नगरिएको दलितसेबा समाज गैडाकोटका अध्यक्ष भिमबहादुर बिकको भनाई छ ।

नेपालको मुल कानुनमै आदिबासि जनजाति तथा दलित समुदायलाई प्राथमिक्ता दिनुपर्ने उल्लेख भएपनि गैडाकोटमा यस्लाई बेवास्ता गरिएको भन्दै जनजाती महासंघले चर्को बिरोध गरेको छ । उस्ाले गाबिस जस्तो ठाउँमा भैरहेको एकोहोरो शासन तत्काल अन्त्य नगरिए आन्दोल चर्काउने चेतावनी समेत दिएको छ ।

देवेन्द्र सारु मगर मीक्डी, गैडाकोट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %