कास्की मगर संघको १९ औं सम्मेलन सम्पन्न

Read Time:3 Minute, 18 Second

 

नेपाल मगर संघ कास्कीको १९ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । पोखरा
विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा केशरजंग वराल मगरले चैत २५ गते
सम्मेलनके उदघाटन गरेका हुन ।
बरालले मगर समुदायमा अझै परम्परागत पद्धतिले जरा गाडेको वताउदै म आधुनिक
र वैज्ञानिक ढंगवाट समुदाय अगाडि बढ्न नसकेसम्म मगर जातिको विकाश हुन
नसक्ने वताए । उनले अवको दिनमा मगर संघले शैक्षिक आर्थिक र सामाजिक
विकासमा सहयोग पूर्याउने रचनात्मक कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव गगनिसंह थापा मगर,
मगर नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य झलक राना मगर, मगर लेखक संघ
केन्द्रीय समितिका सदस्य रुद्र सन्देश मगर, मगर महिला संघ कास्कीका
अध्यक्ष मनकुमारी पुन मगर, माटेपानी मगर संघका अध्यक्ष डिलवहादुर श्रीष
मगर, वाग्लुङ पोखरा मगर समाजका अध्यक्ष भीमवहादुर श्रीष मगर,  पत्रकार
तथा साहित्यकार रुद्र हिटान मगर, पोखरेली सास्कृतीक परीवारका अध्यक्ष शिव
थापा मगर लगायतले मगर समुदायको अधिकारको विषयमा मन्तब्य राखेका थिए ।

सम्मेलनमा कास्की जिल्ला भरका ३४ वटा मगर संघका इकाइ समितिहरुको सहभागीता
रहेको थियो । कार्यक्रममा संघका सचिव यामवहादुर थापा मगरको १ वर्ष अवधिको
सांगठनीक प्रतीवेदन र कोषाध्यक्ष भिम वहादुर मास्की मगरको करीव ८ लाख
वरावरको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारीत गरेको छ ।

कार्यक्रमकै अवसरमा मगर विधार्थी संघ कास्कीको चैत्र २८ गते हुने १३ औं
सम्मेलनमा मगर संघको सम्पूर्ण इकाइ समितिहरु वाट उल्लेख सहभागीता जनाउने
र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही  अवसरमा मगर
विधार्थी संघले चालेको नरीमाया वचाउ अभियानमा वेलायत र स्पेन तथा जापान
वाट प्राप्त भएको आर्थिक सहयोग नरीमाया को परीवारलाइ हस्तान्तरण गरीने
भएको मगर विधार्थी संघ कास्कीका अध्यक्ष विनोद  रखाली मगरले जानकारी दिए
।

मगर संघ कास्कीका सह उपाध्यक्ष मेजर पे्रमवहादुर थापा मगरको स्वागत
मन्तव्य संगै सुरु भएको कार्यक्रममा कुमार थापा मगर र संिगता थापा मगरको
सन्चालनमा साथै संघका अध्यक्ष पूर्णवहादुर राना मगरको अध्यक्षतामा
सम्पन्न भएको थियो ।

विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %