संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्ने ग्यारेन्टी वैशाख १० गते हुन नसके थरुहट थप्प पारिने भएको छ । थरुहट सङ्घर्ष समितिले वैशाख २५ गते राजधानीमा पत्रकार सम्मेलन गरेर पहिचानसहितको सङ्घीय संविधान समय मै बन्ने परिपक्क आधार वैशाख १० गतेभित्र तय नभए आन्दोलन गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सभासद देवी चौधरी, लक्ष्मण थारु, सरस्वती चौधरी, सन्तोष थारु, उपेन्द्र गच्छदार र रामचरण थारुलगायतले थरुहट तराईका थारु आदिवासीलगायत जनजाति मधेसी दलित अल्पसङ्ख्यक मुसलमान पिछडा वर्गलगायतको ऐतिहासिक पहिचान र अधिकारको विद्यमान यर्थाथलाई केन्द्रीय विषय मानेर थरुहट तराईमा बहुप्रदेश हुनुपर्ने धारणा राखेका थिए ।
यसैवीच, सङ्घर्ष समितिले वैशाख ८, ९ र १० गते थारु गोलमेच सम्मेलन चितवनको सौराहामा गरिने जानकारी समेत कार्यक्रममा दिइएको थियो ।
