जनजाति महासंघ देवदहको अधिवेशन सम्पन्न

Read Time:2 Minute, 35 Second

नयाँ संविधानमा आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद देवदहको दोश्रो अधिवेशनको अवसरमा बोल्ने आदिवासी अगुवाहरुले  उक्त धाराणा राखेका हुन्  ।

अधिवेशनको उदघाटन गर्दे नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष लिलाबहादुर गुरुङले जातिय पहिचानका आधारमा बन्ने राज्य पुनःसंरचनाले राज्य टुक्रीन्छ भन्ने भ्रम फैलाई सदियौंदेखि आफ्नो पहिचानका लागि लडेका आदिवासी जनजातिका अधिकारहरुलाई कुण्ठित गर्ने षडयन्त्र भएको बताए ।
परिषद देवदहका अध्यक्ष भीम गुरुङको अध्यक्षता दलबहादुर पाइजाको स्वागत र सचिव गोविन्द घर्तीको सचालनमा भएको अधिवेशनमा निवर्तमान गाविस उपाध्यक्ष जसमान गुरुङ, आदिवासी जनजाति समन्वय समिती देवदह उपाध्यक्ष केशर पुन, मगर संघ अध्यक्ष पदम थापा, तमु ह्युल छोंज धि अध्यक्ष सुरेन्द्र तमु, नेवा पुच देवदह अध्यक्ष खेमनारायण श्रेष्ठ, लालबहादुर दर्लामी, डम्वरबहादुर थापा, आशाराम खौशिया, पुष्पा थारु,  शेरवहादुर तामाङ, दलबहादुर पाइजा लगायतले बोल्दै आफ्नो अधिकारका लागि सुशुचित र सचेत हुनुपर्नेमा जोड दिइएको थियो ।  

अधिवेशनले केशर पुनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विद्यालक्ष्मी गुरुङ्ग, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा वन्धु कुमाल र  कोषाध्यक्षमा टौंबहादुर गुरुङ्ग रहेका छन्  । त्यस्तै सदस्यहरुमा आशाराम खौशिया, पुष्पा थारु, इन्द्रा थापा, शेरबहादुर तामाङ्ग रहेका छन् । एकल जातीय संस्थाका अध्यक्षहरु पदेन सदस्य रहने जनाइएको छ ।

गोविन्द घर्ति, देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %