बौद्ध धर्मका विद्वान लोकदर्शन बज्राचार्यको निधन भएको छ । ८१ वर्षीय बज्राचार्यको चैत २३ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
लुम्बिनी विकास समितिको अध्यक्ष रहिसकेका बज्राचार्यको भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा पूर्वाधार निर्माणमा विशेष योगदान रहेको छ । उनी तत्कालीन राजा महेन्द्रका प्रमुख निजी सचिव समेत रहेका थिए ।
१९८७ फागुनमा काठमाडौंको असनमा जन्मेका उनी अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त विद्धान हुन । उनी धर्मोदय सभा विश्वबौद्ध भातृत्व सङ्घजस्ता सङ्घ संस्थाहरुसँग आबद्ध थिए । बज्राचार्यका श्रीमती, एक छोरा र एक छोरी छन् ।
