तमु जातिको मौलिक साँस्कृतिक पर्व ट्होटे पोखरेली तमुहरुले सामुहिक रुपमा चैत्रको अन्तिम मंगलवार चैत्र २८ गते मनाउने भएको छ । तमु धिँ नेपालको अगुवाईमा विगत १७ वर्षदेखि पोखरामा सामुहिक रुपमा मनाउदै आएको ट्होटें यसवर्ष तमुवान स्थापना शान्ति र संविधान निर्माणका लागि दवाव स्वरुप मनाउने तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिए ।
उधौली र उभौलीको रुपमा मानिदै आएको ट्होटे यसपटक तमु ह्युला चोक विरौटाबाट शुरु भइ पोखराका विभिन्न भाग परिक्रमा गर्ने भएको छ । ट्होटेंमा मौलिक बाजागाजा झाँकी र पोशाकमा तमु लगायत पोखरेलीहरुको व्यापक सहभागीता रहने तमु धिँ नेपालका महासचिव देविराज तमुले बताए ।
हुम तमु, पोखरा
