आदिवासी जनजाति र दलितहरुलाई अधिकार दिनु हुँदैन भन्दै आएका दशनामी सन्यासीहरु आफै जातीय आन्दोलनमा होमिएका छ । पहिचान र जातीय अधिकार लागि भन्दै चैत २३ गते उनीहरुले आन्दोलन घोषणा गरेका हुन ।
उनीहरुले चैत २६ गते राजधानीमा विरोध प्रदर्शन र चैत २९ गते मसाल जुलुस गर्ने भएका छन् । दशनामी सन्यासी जातिलाई सीमान्तकृत तथा अल्पसङ्ख्यक जातिको सूचीमा सूचीकरण गर्नुपर्ने दशनामीको जातीय पहिचान र सामाजिक रुपान्तरणका लागि राज्यका तर्फबाट नीति तथा कार्यक्रम लागू गर्नुपर्नेलगायतका ११ सूत्रीय माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
गिरी, पुरी, भारती, तीर्थ, वन, आरण्य, पर्वत, आश्रम, सागर र सरस्वतीलाई दशनामीको जातीको पहिचान दिनुपर्ने उनीहरुको माग रहेको छ ।
