फाइल तस्विर
शाह वंशीय राजाहरु शासनकाल भर आदिवासी जनजाति र दलित विरोधी भएको घाम जतिकै छर्लङ्ग छ । तर सत्ताच्यूत भएको तीन वर्षपछि ज्ञानेन्द्र शाह सत्ता टिकाई माग्न थारु परम्परा अनुसार पुजा गर्दै िहंडेका छन् ।
यसैक्रममा चैत १९ गते कैलालीको घोडाघोडी मन्दिरमा पूर्वराजा शाहले थारु परम्परा र विधिअनुसार पूजाअर्चना गरेका हुन । उनले नवनिर्मित घोडाघोडी मन्दिरमा अखण्ड दीप पनि प्रज्वलन गरेका थिए ।
नेपाली जनतामाथि भन्दा तथाकथित दैवीशक्तिमाथि विश्वास गर्ने शाहले आदिवासी जनजाति मध्ये मगरपछिको ठूलो जाति थारुको परम्परा अनुसार पुजा गरेका हुन । यसअघि उनले दरवारमा भने हिन्दु वाहेक बाँकी धर्मलाई धर्मको दर्जा नै दिँदैनथे । भविष्यको सबै कुरा ऐना सरी छर्लङ्ग बताउँछु भन्ने पण्डितहरुले आफ्नो कुर्सी खोसिने भविष्यवाणी गर्न नसकेपछि शाह गैरहिन्दु परम्पराको साहरामा पुगेका हुन् । ज्ञानेन्द्रका पुच्छरहरु भने अझै पनि हिन्दुराज्य बनाउने दिवाश्वप्नमा छन् ।
