संघीयता विरोधी १४ जना पक्राउ

Read Time:1 Minute, 59 Second

आदिवासी\जनजाति, दलित, मधेशी, महिला, मुस्लिम र कर्णालीवासीलाई अधिकार दिनु हुँदैन भनेर संघीयताको विरोध गदै् हिँडेका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कथित आन्दोलनलाई एक जनाले पनि समर्थन नगरेपछि अत्तालिएर सर्वसाधरणको सम्पत्ति तोडफोड गर्दै हिँडेको अवस्थामा चैत २० गते उनीहरुलाई बाँकेको कोहलपुरमा पक्राउ गरिएको हो ।

जनताको भावना विपतरीत शान्ति सुव्यवस्थामा खलल पुर्याउँदै हिँडेकाहरुलाई बाध्य भएर पक्राउ गरेको कोहलपुर प्रहरीले जनाएको छ । यसरी जनताको सम्पत्ति तोडफोड गर्दागर्दै पक्राउ पर्नेहरुमा जनमोर्चाका केन्द्रीय सदस्य तुल्सीराम सापकोटा, जिल्ला समिति बांकेका उपाध्यक्ष गुणनिधि आर्चाय, महिला संघ केन्द्रीय सदस्य बालकुमारी आर्चाय, सदस्य पावर्ती कार्की, मजदुर संघका केसव सापकोटा लगायत रहेका छन् ।  
 
रात्रीकालीन यात्रु वाहक गाडीहरु धमाधम फोर्न थालेपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश कुमार बस्नेतले बताए ।  सबैभन्दा बढी संघीयता आवश्यक भएको भेरी कर्णाली क्षेत्र बन्द आव्हान गरेपछि स्थानीयवासी पनि जनमोर्चाको विरोधमा उत्रेको थियो ।

२०६५ जेठ १५ गते बसेको संविधानसभाको वैठकमा ९९ प्रतिशत सभासदले पारित गरेको संघीयताको विरोधमा प्रतिगामी झुण्डहरु सकि्रय देखिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %