गोर्खा कम्युनिटिद्धारा संचालित रेडियोको वार्षिकउत्सव

Read Time:3 Minute, 30 Second

आफ्नोपन आफ्नै पहिचान सबल नेपाल हाम्रो अभियान भन्ने मुल नाराका साथ पोखरा तथा यस आपपासमा बासोबास गर्ने भुतपुर्व तथा वाहालवाला गोर्खालीहरुको सझा संस्था गोर्खा कम्युनिटिद्धारा संचालित गोर्खाली रेडियो १०६ मेगाहर्जले आफ्नो प्रथम वर्ष सफलताका साथ पुरा गरि दोस्रो वर्षमा प्रवेशको अवसरमा मुल समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

समरोहको चैत १८ गते पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्रसिह भण्डारीले उदघाटन गरे । प्रमुख अतिथि भण्डरीले संचारका नाममा कुनै पनि संचार गृहले भ्रम फैलाउने कार्य गर्न नहुने धारणा राखे ।

रेडियोका अध्यक्ष रेडियो अध्यक्ष सावित्री गुरुङले भुतपुर्व गोर्खाली भए कै कारण सरकारी कामकाजमा ढिला सुस्ती हुने गरेको उल्लेख गरिन् । एक वर्षसम्म विभिन्न कठिनाइहरु भोग्नुपरेको गुनासो गर्दै  महिलाहरु पनि पुरुष सरह जुनसुकै कार्य गर्नपछि नपर्ने धारणा राखिन् ।  

कार्यक्रममा नेपाली काग्रेस कास्कीका पुर्व सभापति सोभियतबहादुर अधिकारीले संचार गृह ग्रामीण क्षेत्रलाई केन्द्रित गरेर संचालन गर्न आवश्यक रहेको बताए । एकिकृत नेकपा माओवादी कास्की सचिव बखनसिँह तमुले संचार क्षेत्रले सत्य तथ्य सामाचारहरु सम्प्रेषण गर्न आवश्यक रहेको बताउदै संविधान निर्माणका पक्षमा संचारको ठुलो भुमिका रहने उल्लेख गरे ।

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक मिना गुरुङ्ग, रेडियोका सचिव शान्ती गुरुङ्ग तथा स्टेसन म्यानेजर साजय मल्ल्, पोखरा उपात्यका नगर विकासका प्रमुख जितबहादुर गुरुङ्ग, मानव अधिकारी टेकनाथ बराल, नेपाल उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष अनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष वदि्रविनोद प्रतिक लगायतले आआफ्ना धारणा राखेका थिए ।
 
रेडियोले विज्ञापन उपलब्ध गराउने विभिन्न विज्ञापनदाताहरुलाई समेत सम्मानपत्र प्रदान गरेको छ ।   रेडियोले यसअधि साताब्यापी कार्यक्रम अन्र्तगत सरसफाई बृद्धाश्रममा विरामी बेड हस्तान्तरण अन्तिक्रया गजल बाचन र बक्तृत्वकला प्रतियोगिता टोल टोलमा गोखार्ली कायक्रमको शुभारम्भ सम्पन्न गरिसकेको छ । सोपाल तमु समाजघर बगालेटेालमा सम्पन्न  कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

विनोद रखाली मगर, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %