वैज्ञानिक आधारमा राज्यपुर्नसंरचना गरौं-सभासद छियामा राई

Read Time:1 Minute, 6 Second

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य तथा सभासद छियामा राईले वैज्ञानिक आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने बताएकी छन् । राज्यपुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले बुझाएको प्रतिमाथि संविधानसभामा वैठकमा चैत १७ गते बोल्दै राईले यस्तो धारणा राखेकी हुन ।

 
राज्यपुर्नसंरचना गर्दा महिला, आदिवासी जनजाति, दलितहरुको अधिकार सुनिश्चित गर्नुपर्ने सभासद राईको भनाई थियो । उनले सबै जातीले अधिकार नपाउने हो भने राज्यपुर्नसंरचना गर्नुको अर्थ नहुने बताइन् ।

आफ्नो पार्टीले राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र संघीयता तथा आरक्षणको माग स्थापनाकालदेखि नै उठाउँदै आएको सभासद राईले उल्लेख गरिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %