मेयङलुङ तेह्रथुम्मा लिम्बुवानको आमसभा हुँदै

Read Time:1 Minute, 57 Second

‘२०६८ चैत्र १९ गते मेयङलुङ तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि विशाल संघीय लिम्बुवान आमसभा सफल पारौं’ भन्ने नाराका साथ संघीय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमले यही चैत्र १९ गते मेयङलुङ तेह्रथुममा विशाल संघीय-लिम्बुवान आमसभा आयोजना गर्दैछ । संविधानसभाबाट ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशी-सङ्खुवाखोला पूर्वका ९ जिल्लाहरुलाई लिम्बुवान स्वायत्त राज्य घोषणासहितको संविधान जेष्ठ १४ नै जारी गरिनुपर्ने लगायतका माग राखेर आमसभा आयोजना गरिएको आयोजकले जनाएको छ ।

आईएलओ महासन्धि १६९, यूएनडि्रप र आत्मनिर्णयको अधिकार र समानुपातिक सहभागीताको संवैधानिक सुनिश्चितता गरिनुपर्ने माग सहित आयोजना गर्न लागिएको आमसभालाई संघीय माच तथा मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ुमिराकु लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

आयोजक जिल्ला कार्य समिति तेह्रथुमका अध्यक्ष देवनाराण सम्बाहाङ्फे र उपाध्यक्ष विशाल कुरुम्बाङका अनुसार यो ऐतिहासिक संघीय लिम्बुवान आमसभाको तयारी गर्ने कार्य तीव्रगतिमा भईरहेको छ ।

डिबि आङबुहाङ लिम्बु
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %