जिल्ला वाहिरकाले मनाङमा यासा्गुम्बा टिप्न नपाउने

Read Time:2 Minute, 21 Second

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय मनाङले मनाङ जिल्लाका माननीय सभासद देवप्रसाद गुरुङको प्रमुख आतिथ्यमा यासा्रगुम्बा संकलन तथा व्यवस्थापन सम्वन्धी छलफल गरि जिल्ला वाहिरका मानिसहरुलाई यासा्रगुम्बा लगाएतका अन्य जडिबुटि संकलन गर्न नपाइने व्यवस्था गरेको छ ।  बैठकले यासा्रगुम्बा संकलन तथा व्यवस्थापनको लागि धारापानी र थोचे संरक्षण क्षेत्र व्यवस्थापन समिति बाहेकका मनाङमा रहेका अन्य ११ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिले रु.१२०००/-का दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले यासा्रगुम्बा संकलनका क्रममा अपि्रय घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालय इलाका संरक्षण कार्यालय सम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति यूवा समूह र अन्य सरोकारवाला समूहहरुबाट यासा्रगुम्बा संकलन अवधिभर आवश्यक गस्ती गर्ने निर्णय गरेको छ ।

 २०६६ सालमा यासा्रगुम्बा संकलनका क्रममा नार गाविस गएका गोरखाका जिल्लाका स्ाात जना व्यक्तिको नारका स्थानीयवासिन्दाले हत्या गरिदिएपछि अन्नपूर्ण संरक्षण क्षेत्रले मनाङ जिल्लामा यस्ता घटना दोहारीन नदिनको लागि विशेष व्यवस्था गर्दै आइरहेको छ ।  जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि सरकारी कार्यालका प्रतिनिधि र संरक्षण व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा २०६८ फागुन २७ गते बसेको उक्त सर्वपक्षिय वैठकले  २०६८ माघ मसान्त सम्म मनाङमा बसोबास गरिरहेका अस्थायी बासिन्दाहरुको नामाबली संकलन गरि यासा्रगुम्बाको संकलनको पूर्जी दिने निर्णय समेत गरेको छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %