एमाओवादी सभासद पद्मलाल विश्वकर्माले सामथ्र्यलाई मात्र हेरेर अहिले सङ्घीयतामा जानसक्ने अवस्था नरहेको बताएका छन् । राज्यपुर्नसंरचना आयोगको सुझावमाथि संविधानसभामा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो धारणा राखेका हुन । संघीयताको नाममा दलित जुधाउन नहुने उनको भनाई छ । वाहुन र क्षेत्रीलाई पनि जातिय संघीयता आवश्यक भएको उनको भनाई थियो ।
अर्का सभासद सरला यादवले नेपालको विशिष्ट भाषा धर्म संस्कृति भौगोलिक सुगमता आदिका आधारमा प्रदेश बनाइनुपर्नेमा जोड दिइन् । वैठकमा बोल्दै सभासद मणी खम्बु किरातीले जातीय पहिचान विनाको सङ्घीयता जनअपेक्षा विपरीत हुने भएकाले आयोगको प्रतिवेदनलाई सकारात्मक लिनुपर्ने धारणा राखिन् ।
अर्का सभासद् सूर्यमान दोङले आदिवासी जनजातिलाई अधिकार दिँदा भाडभैलो हुन्छ भन्ने सोच गलत भएको बताउँदै समिति र आयोगको प्रतिवेदनका आधारमा सङ्घीयतालाई व्यवस्थित उल्लेख गरे ।
वैठकमा बोल्दै सभासद गोविन्दराम प्रज्ञाले राज्य पुनःसंरचनाको कुरा गर्दा अल्पसङ्ख्यक र लोपोन्मुख जाति चेपाङलाई विस्रनै नहुने धारणा राखे । सभासद लिलाकुमारी सोमाईले प्रतिवेदनका सकारात्मक पक्षलाई ग्रहण गर्न आग्रह गर्दै जातीय पहिचानलाई जातीय राज्यको रुपमा अपव्याख्या गर्न नपाइने बताइन् ।
सबै दलाका क्षेत्री वाहुन सभासदहरुले भने पहिचान सहितको संघीयता दिँदा आदिवासी जनजाति दलित मधेशीहरुले अधिकार पाउने भएकाले भौगोलिक संघीयतामा जानु पर्ने जिकिर गरे ।
