गाई मारेको झुठो मुद्दा लगाएर जनजाति नथुन-जनजाति महासंघ

Read Time:6 Minute, 5 Second

जनजातिहरुलाई झुठो मुद्दा लगाएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति प्रकट गरेको छ । ललितपुर गोदाम चौर निवासी लालबहादुर तामाङ बृन्दा राई र छेदर भोटेलाई गाई मारेको बहानामा प्रहरीले फक्राउ गरेपछि महासंघले विरोध जनाएको हो । उनीहरु तीनै जनालाई विनाशर्त रिहा गर्न महासंघले आग्रह गरेको छ ।

महासंघको विज्ञप्ति यस्तो छ

मिति २०६८ चैत्र १५ गते

श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय ललितपुर
नेपाल

ज्ञापनपत्र

महोदय,

यही मिति २०६८ चैत्र ३ गते सोमबार बिहान ललितपुर जिल्ला गोदाम चौर निवासी लालबहादुर तामाङ, छेदर भोटे र वृन्दा राईलाई गाई मारेको झुठो अभियोगमा गिरफ्तार गरिएको घटनाप्रति हाम्रो गम्भिर ध्यान आकृष्ट भएको छ । केही अपराधिक जत्थाले गाई मारेको भन्दै उक्त स्थानका आदिवासी जनजाति समुदायको घर, टहरा, बंगुर, हाँस, कुखुरा, टेलिभिजन, दराज लगायतका श्रीसंम्पतिमा आगजनी, हानि नोक्सानी र क्षति पुर्‍याएको र ज्यान मार्ने उद्योगसमेत गरेको घट्ना प्रति घोर आपत्ति व्यक्त गर्दछौं । साथै, गाई मारेको झूठो अभियोगमा निर्दोष आदिवासी जनजातिलाई गिरफ्तार गरिएको घटनाप्रति निन्दा गर्दै गिरफ्तार व्यक्तिहरुलाई विना सर्त स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।

यसै सन्दर्भमा संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई स्थापित गरेको “नेपालको अन्तरिम संविधान २०६३ ” को धारा १६४ अन्तर्गत वर्तमान कानुन लागु रहने व्यवस्थाको दफा १, २ र प्रतिबन्धात्मक निम्न वाक्यांशहरुप्रति हामी सबैको ध्यान आकृष्ट गर्दछौं । त्यसमा लेखिएको छ :

धारा १६४ : वर्तमान कानुन लागु रहने :

१) पुन:स्थापित प्रतिनिधिसभाद्वारा भए गरेका निर्णय र काम कारवाही यो संविधानसाग नबाझिएको हदसम्म यसै संविधान बमोजिम भए गरेका मानिनेछन् ।
२) यो संविधान लागु हुादाका वखत कायम रहेका कानुनहरु खारेज या संशोधन नभएसम्म कायम रहनेछन् ।
तर, यो संविधानसंग बाझिएको कानुन र यो संविधान प्रारम्भ भएको ३ महिनापछि बाझिएको हदसम्म स्वत: अमान्य हुनेछ ।

उपरोक्त बमोजिम गणतन्त्र नेपालको अन्तरिम संविधानसंग बाझिएका हिन्दु अधिराज्य हुँदाका वखत जारी भएको मूलुकी ऐनको चौपाय सम्बन्धि महल स्वत: अमान्य भइसकेको अवस्थामा पनि उक्त महलको प्रावधान अनुसार नै आदिवासी जनजातिहरुलाई गौ हत्याको झूठो अभियोगमा गिरफ्तार गरेर मुद्दा चलाउने गैरकानुनी प्रवृत्तिको निन्दा गर्दै हामी निम्न मागहरु तत्काल संम्बोधन गर्न यो ज्ञापन पत्र पेश गर्दछौं ।

हाम्रा मागहरु

१) गौ हत्याको झूठो अभियोगमा गिरफ्तार भएकाहरुलाई अविलम्व विनासर्त रिहा गरियोस् ।

२) घाईतेहरुलाई तत्काल नि:शुल्क उपचार गरि आवश्यक क्षतिपूर्ति प्रदान गरियोस् ।

३) पिडित परिवार तथा समुदायको जिउ धनको हानि नोक्सानीमा संलग्न सबैलाई गिरफ्तार गरि कडा भन्दा कडा कारवाही गरियोस् ।

४) उक्त घटनाबाट पिडित परिवार तथा समुदायको जिउ धनको तत्काल सुरक्षाको ग्यारेण्टीसहित स–सम्मान पुन:स्थापित गरियोस् साथै, बेपत्ता पारिएका परिवारको अविलम्ब खोजी गरियोस् ।

५) अपराधिक जत्थासाग मिलेर पिडित परिवार र समुदायको जिउ धनको सुरक्षाप्रति गैर जिम्मेवार भई गाई मारेको अभियोगको मुचुल्का उठाउने तर सोही घटनासंग सम्बन्धित पिडित पक्षको धन जनको क्षतिको मुचुल्का नउठाउने, नगर्ने प्रहरी माथि अविलम्ब कारवाही गरियोस् ।

६) पिडित परिवार तथा समुदायको धन जन ( बंगुर, हाँस, कुखुरा, घर–टहरा, टेलिभिजन, दराज, फर्निचर आदि) क्षतिबारे तत्काल छानविन गरि अविलम्व क्षतिपूर्ति प्रदान गरियोस् ।

७) पिडित परिवारलाई मातृभाषा प्रयोगमा प्रतिबन्ध लगाउने ललितपुर प्रहरी परिसरका प्रहरी अधिकृतलाई कारवाही गरियोस् ।

हाम्रा उपरोक्त मागहरु यथा शिघ्र संम्बोधन नभएमा सशक्त आन्दोलनको कार्यक्रमहरु अगाडी सार्न वाध्य हुनेछौ र यसबाट श्रृजना हुन सक्ने सबै दूषपरिणामको नैतिक जिम्मेवारी सरकारले लिनुपर्नेछ ।

नेपाल आदिबासी जनजाति महासंघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %