तमुवानमा आदिवासी जनजातिहरुको स्वायत्तताको अभ्यास र आत्मनिर्णयको अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन बैशाख १५, १६ र १७ गते पोखरामा हुने भएको छ । पहिचान र सामथ्र्यलाई आधार मानी संघीय प्रदेशहरुको निर्माण हुनुपर्छ भन्ने मुद्दा सहित आन्दोलनरत नेपालका आदिवासी जनजातिहरुको भावनालाई कदर गर्दै सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलनको पहिलो दिन बृहत जनप्रर्दशन, दोश्रो दिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुद्धारा स्वायत्तता र आत्मनिर्णयको अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनुभवहरुको प्रस्तुती सहित पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न गर्ने निर्णय गरिएको छ ।
सम्मेलन सम्पन्न गर्नको लागि बैठकले तमु ह्युला छोंज िधं, तमु िधं नेपाल, तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक तमु संघ र नेपाल आदिवासी जनजाति संघ रहेको एक कार्यसम्पादन समिति तथा तमु लगायत अन्य आदिवासी जनजाति संघ संस्थाहरु रहेको आयोजक समिति गठन गरेको छ ।
पोखरामा आज सम्पन्न बैठकले तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मा. अम्मर तमु, नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष म किरण तमु र नेपाल आदिवासी जनजाति संघका केन्द्रिय अध्यक्ष मा.इन्द्रबहादुर तमु रहनुभएको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।
त्यसैगरी सम्मेलनको प्राविधीक व्यवस्थापनका लागि प्रा.डा. ओम गुरुङको संयोजकत्वमा आदिवासी जनजाति क्षेत्रका विज्ञहरुको एक प्राविधिक समिति गठन गरेको छ । सम्मेलनमा तमुवान क्षेत्र लगायत नेपालभरका आदिवासी जनजाति संघ संस्थाका प्रतिनीधि बुद्धिजीवी, राजनितीज्ञ, अगुवा, सचारकर्मी, अधिकारकर्मी, महिला, युवा तथा विद्यार्थी लगायतको सहभागीता रहने तमु ह्युला छोंज िधं गुरुङ राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यष कुम्भराज तमु, तमु िधं नेपालका अध्यक्ष कर्म तमु, नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष किरण तमु, तमु मुक्ति मोर्चाका अध्यक्ष अम्मर तमु र नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर तमुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हुम तमु, पोखरा
