
तस्विर:- गोविन्द घर्ति
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य तथा भूपु सैनिक ईन्चार्ज दलबहादुर विरकट्टाले संघीयता कुरा भाषणमा मात्र गर्ने तर व्यवहारमा नगर्ने वानीले संघीयता खतरामा परेको बताएका छन् । जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको आयोजनामा संघीयता विरोधीहरुको विरुद्धमा खवरदारी मोटरसाइकल र् यालीको बुटवलमा समापन गर्दै विरकट्टा उक्त कुरा बताए हुन ।
संघीयतामा जाँदा आदिवासी जनजाति दलित मधेशी महिला अपाङ्ग मुस्लिम लगायतले आफनो हक र अधिकार प्राप्त हुदा राजनैतिक दलहरुले संघीयतालाई ओझेलमा पार्न खोजेको र यसको विरुद्धमा सम्पूर्ण लाग्न विरकट्टाले आगं्रह गरेका थिए । पहिचान विनाको संघीयताको कुनै औचित्य नहुने हुदा जातीय ऐतिहासिक भूगोल र भाषिक रुपमा संघीयतामा जानु पर्नेमा विरकट्टाले जोड दिए । त्यसै गरी एक अर्को प्रसगमा अन्तरिम संविधान २०६३ ले देश धर्म निरपेक्ष राष्ट घोषणा भएपनि अतिहिन्दु वादीहरुले नेपाल हिन्दुराज्य घोषणा गर्न लागि परेको आरोप लगाए ।
कार्यक्रममा अर्का वक्ता राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्गले एकात्मक शासन सत्ताका कारण मुलुक गरिवी तर्फ गईरहेको बताए । राष्ट्रिय जनमुक्ति पार्टीले स्थापना काल देखि उठाउर्दै आएको राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने मुद्दा सम्पूर्ण राजनैतिक पार्टीले आत्मासात गरेको हुदाँ कार्यान्वय तर्फ जान सम्पूर्ण राजनैतिक पार्टीलाई आग्रह गर्नु भयो । संविधानमा राज्यको हरेक निकायमा जातीय समानुपातिक प्रतिनिधित्व हुने गरी निर्माण नभएमा आन्दोलन गर्ने चेतावनी दिए ।
मोटरसाइकल र् यालीपछि गरिएको कोणसभामा विद्यार्थी मोर्चाका महासचिव फणेन्द्र घेले, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सचिव लालबहादुर गोतामे, लुम्विनी राज्य परिषदका सचिव तिलबहादुर झँेडी, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग लगायतले सम्वोधन गरेका थिए ।
रुपन्देहीको भैरहवाबाट शुरु भएको संघीयता विरोधीहरुको विरुद्धमा खवरदारी मोटरसाइकल र् याली नवलपरासीको परासी-भुमही-सुनवल, रुपन्देहीको बुटवल, कपिलवस्तुको जितपुर-टौलिहवा-लुम्विनी-भैरहवा हुदै पुन बुटवलमा आएर समापन भएको थियो । चैत्र १५ गते कपिलवस्तुको तौलिहवामा १७ गते रुपन्देहीको भैरहवामा र २० गते नवलपरासीको परासी बजरमा संघीयता विरोधी भण्डाफोर कार्यक्रम रहेको लुम्विनी राज्य परिषद सदस्य ममता बुढाथोकीले बताए । संघीयता विरोधीहरुको विरुद्धमा खवरदारी मोटरसाइकल र् याली राष्ट्रिय युवा मोर्चा रुपन्देहीका जिल्ला अध्यक्ष दलबहादुर थापाको नेतृत्वमा सम्पन्न भएको थियो ।
गोविन्द घर्ति, बुटवल
