विश्वकर्मा अध्यक्ष रहेको पार्टीलाई छुवाछुतको मतलब छैन

Read Time:1 Minute, 27 Second

दानबहादुर विश्वकर्मा अध्यक्ष रहेको जनमोर्चा नेपालले राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र, जनसंविधानको नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । चैत १२ गते सार्वजनिक गरिएको कार्यक्रम अनुसार २०६९ वैशाखसम्म देशव्यापी राष्ट्रिय जनजागरण अभियान सचालन गर्ने भएको हो ।

 
विश्वकर्माले राष्ट्रिय मुक्ति सङ्ग्रामबारे प्रचार-प्रसार गर्ने, सुगौली सन्धिमा गुमेको भू-भाग फिर्ता गर्नुपर्ने, वैदेशिक हस्तक्षेपको विरोध गर्ने, तस्कर कालोबजारी भ्रष्टाचारीलाई कारबाही गर्न, अभियान चलाउने संविधान निर्माणका लागि सङ्घर्ष गर्ने, महङ्गी नियन्त्रणका लागि सरकारलाई दबाब दिनेलगायत कार्यक्रम साचालन गरिने बताए ।

तर २१ औं शताब्दीमा आएर पनि छुवाछुतको समस्या भोग्न बाध्य दलित समुदायका लागि भने एक शब्द पनि खर्चनेनन् । अमिक शेरचन नेतृत्वको जनमोर्चा नेपालमा उपाध्यक्ष रहेका विश्वकर्मालाई दलित सम्बन्धी पिडा नभएर हो की ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %