स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले संघीयताले देशलाई एकता र अखण्ड राख्ने बताएका छन् । चैत १२ गते पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकताकै लागि संघीयता चाहिएको धारणा राखेका हुन । सदभावना पार्टीका अध्यक्ष समेत रहेका मन्त्री महतोले जेठ १४ गतेभित्र सङ्घीय लोकतान्त्रिक संविधान चाहिने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै महतोले माओवादी काँग्रेस र एमालेले मधेसीको मन जित्न नसकेको धारणा राखे । आफ्नो पार्टीले मधेसको आवाज हिमाल पहाड र हिमाल पहाडको आवाज मधेसमा पुर् याउन लागेको उनले बताए ।
मन्त्री महतोले सरकारले तीन वर्षमा १५ हजारभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी थप्ने जानकारी दिए ।
