तमुहरुको छ्यामा एकरुपताको लागि प्रयास

Read Time:1 Minute, 20 Second

तमुहरुको कर्मकाण्डमा एकरुपता गराउने उद्धेश्यले क्षेत्रिया पौरे शाखाले पोखरामा पौरे शाखा अन्तर्गतका ल्हेपृहरुवीच एक दिवाशिया ल्हेपृ खेगी भेला तथा अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । तमुहरुको प्येमा एकरुपता भएतापनि छ्यामा ठाउँ अनुसार फरकफरक देखिएको भन्दै पौरे शाखाले विभिन्न गाउँका ल्हेपृे खेगीहरुलाई चैत १ गते भेला गराई अन्तरकि्रया गरेको हो ।

यसअघि शाखाले गत माघ ७ गते पनि पच्यु खेगीहरुको भेला तथा अन्तरकि्रया गरीसकेको छ । अन्तरकि्रया कार्यक्रममा सिक्लेस ताङ्गतिङ्ग च्याङ्लुङ्ग र पोखरा लगायतका पौरे क्षेत्रका ल्हेपृहरु कार्यसमितीका सदस्यहरुको सहभागिता रहेको शाखाका सचिव पम वहादुर गुरुङ्गले जानकारी दिए  ।

अन्तरकि्रया कार्यक्रम पौरे शाखाका कार्यवाहक अध्यक्ष सुवेदार रणवहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
देवीजंग तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %