
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले श्रम तथा यातायात व्यवस्था मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चैत १० गते थापा मगरलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
शितल निवासमा सपथ ग्रहण गरे लगत्तै थापाले पदभार ग्रहण गरेका छन् । सिँहदरबारस्थित श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा गएर मन्त्री थापा मगरले पदभार ग्रहण गरेका हुन । मन्त्रीको स्वागतमा श्रम सचिव लगायतका कर्मचारीहरु हिानैदेखि तयार भएर बसेका थिए । पदभार ग्रहण गरेलगत्तै थापाले कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
