
नेकपा एमालेले जनकपुर अन्चलको इन्चार्जबाट रामचन्द्र झालाई हटाएको छ । मधेशी समुदायका नेता झाले आफ्नो समुदायगत अधिकारको विषयमा बोल्न थालेपछि उनलाई वर्खास्त गरेर केशव देवकोटालाई त्यहाँको इन्चार्ज बनाइएको हो ।
चैत ८ गते बसेको एमाले स्थायी समिति वैठकले मधेशी नेतालाई हटाएर पहाडीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
एमाले पोलिटब्यूरो सदस्य झा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद हुन । सिन्धुलीका देवकोटा संविधानसभामा निर्वाचनमा पराजित भएका थिए ।
एमाले स्रोतका अनुसार समुदायगत अधिकारको विषयमा कुरा गर्ने नेताहरुलाई पार्टीबाट पाखा लगाउने योजनावद्ध अभियान अन्र्तगत झालाई हटाइएको हो । मधेशी नेतालाई हटाएर एमाले भित्रका आदिवासी जनजाति र दलित नेताहरुलाई तसा्रउन खोजिएको उक्त स्रोतले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।
यसैवीच २० वर्षअघि नै प्रत्यक्ष निर्वाचनबाट संसद बनेका नवलपरासीका मझिलाल थारु थनेत गुल्मीका फटिक थापा जस्ता जनजाति युवाहरुलाई एमालेले नियतवश पाखा लगाइ सकेको छ । त्यतिबेला पार्टीको साधारण सदस्य नभएकाहरु अहिले एमालेमा हर्ताकर्ता छन् भने थारु र थापा जस्ता जनजातिहरु राजनीतिबाट पलायनको अवस्थामा छन् ।
