जुनसुकै हालतमा पहिचान सहितको संघीयता-दाहाल

Read Time:1 Minute, 19 Second

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचान सहितको संघीयताबाट आफ्नो पार्टी कुनै हालतमा पछि नहट्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नै निवासमा चैत ९ गते पत्रकार्रहरुसँग बोल्दै उनले यस्तो धारण राखेका हुन ।

पुर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने ुप्रचण्ड उदार छ अन्त्यमा सबै कुरा छोड्दै जान्छ भनेर धेरैले सोचेका होलान् कसैले यस्तो सोचेको भए त्यो भ्रम हो किनकि पहिचानसहितको सङ्घीयता छोड्नै सकिँदैन ।ु पहिचान सहितको संघीयता विना मुलुक अगाडि बढ्नै नसक्ने उनको भनाई थियो ।

प्रदेश निर्माणको सन्दर्भमा बोल्दै उनले राज्य पुनरसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिबाट प्रस्तावित १४ प्रदेशबाट अहिलेसम्म आफू र आफ्नो पार्टी एक कदम पनि पछि नहटेको दाहालको भनाई छ । सात प्रदेश बनाउनु पर्छ भनेर आफूले कहिल्यै नबोलेको दाहालको दाबी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %