वालिकाको जीवन बचाउन सहयोगको अपिल

Read Time:1 Minute, 56 Second

 

 

तनहँु जिल्ला भिरकोट गाविस वडा न. ६ निवासी पदमबहादुर थापा मगरकी १२ वर्षीय छोरी नरिमाया थापा मगर फागुन १७ गते घाँस काट्न जाँदा रुखबाट लडेर गम्भिर घाइते भई हाल पोखराको चरक हस्पिटलमा उपचार भईरहेको र अस्पताल स्रोतका अनुसार उनको फोक्सो र आन्द्रामा असर परी शल्यकि्रया गरिएको साथै दाहिने हात समेत भाँच्चिएको छ । उनको घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उनको जीवन रक्षाको लागि पोखरामा मगर विद्यार्थी संघ कास्कीको अध्यक्ष विनोद रखाली मगरको संयोजकत्वमा नरिमाया बचाउ समिति गठन गरिएको छ ।

१७ दिनसम्म चरक हस्पिटलको आकस्मिक कक्षमा उपचारपछि हाल सर्जरी वार्डको बेड न। ८७ मा गम्भीर अवस्थामा उपचार गराइरहेकी र हाल सम्म तनहुँका विभिन्न गाउँ मार्फत र हस्पिटल भित्रकै विरामी कुरुवाहरुको सहयोग सोही अस्पताल वरीपरीका ट्याक्सी चालकहरुको सहयोग र मगर संघ समुदायको धेरै-थोरै आर्थिक सहयोग प्राप्त भएको छ । हाल औषधी शूल्क उपचार शुल्क लगायतको झण्डै ५० हजार जति तिर्न बाँकी रहेको र अन्य उपचारको लागि अझै धेरै रकम लाग्ने भएकाले तपाईको मगर संघ तथा मगर समुदायसँग आर्थिक सहयोगको अपेक्षा गर्दछौँ ।

नरिमाया बचाउ सहयोग समितिका

संयोजक विनोद रखाली मगर (९७४६०३१०३९)

तथा नेपाल मगर संघ कास्कीको कार्यालय रङगशाला गेट अगािड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %