श्रम तथा यातायात मन्त्री तथा नेपाल सदभावना पार्टी अध्यक्ष सरिता गिरीले सङ्घीयता विनाको संविधान मान्य नहुने बताएकी छन् । नेपाल सदभावना पार्टीले चैत ६ गते आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री गिरीले यस्तो धारणा राखेकी हुन ।
कार्यकर्ताहरुलाई सम्बोधन गदै् उनले केही दलका नेताहरु सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्ने षडयन्त्र भईरहेको भन्दै आफूहरुले यसको कडा विरोध गर्ने पनि गिरीले बताइन् । उनले सङ्घीयतालाई थाती राखेर संविधान जारी भएमा सो संविधानको कुनै औचित्य नहुने उल्लेख गरिने । संघीयताका लागि जस्तो सुकै आन्दोलनको आधिवेहरी सृजना गर्न सदभावना तयार रहेको गिरीको भनाई थियो ।
कार्यक्रममा मन्त्री गिरीले निर्धारित मितिमा संविधान जारी हुनु भन्दा सङ्घीयतासहितको संविधान जारी हुनु महत्वपूर्ण भएको बताइन् । उनले सङ्घीयतालाई कमजोर बनाउन केही तत्वहरु सकि्रय रहेको तर्क गरिन् ।
सदभावना सप्तरीका अध्यक्ष मङ्गल रायको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल विद्यार्थी माचका जिल्ला अध्यक्ष विनोदकुमार मण्डल पार्टीका रामप्रसाद राय लगायतले संघीयता अनिवार्य रहेको धारणा राखेका थिए ।
