निर्धारित मितिमा नयाँ संविधान जारी गर्न माग गर्दै महिला मानवअधिकार रक्षक सन्जालले काठमाडौंमा जुलुस निकालेको छ । तोकिएको समयमै महिला मैत्री संविधान माग्दै उनीहरुले चैत ७ गते प्रर्दशन गरेका हुन ।
जुलुसलाई सम्बोधन गर्दै साजालका अध्यक्ष डा रेणु राजभण्डारीले संविधान बनाउन नदिने षडयन्त्रलाई पराष्ट गर्न महिलाहरुपछि नहट्ने धारणा राखिन् । तोकिएको समयमा संविधान जारी गराउन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले संकेत गरिन ।
महिला हिँसाविरुद्धको सय दिने अभियानका अन्र्तगत देशभरीबाट आएका महिलाहरु प्रर्दशनमा सहभागी थिए ।
