
नेपाल आदिवासी जनजाति पत्रकार संघअनिज) कास्कीले क्षमता अभिवृद्धिका लागि आजदेखि दुइदिने प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको पहिलोदिन रेडियो अन्नपुर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले सकारात्मक सोंचका बारेमा प्रशिक्षण दिएका थिए ।
यसअघि प्रशिक्षणको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजबहादुर गुरुङले मुलुक संक्रमणकालमा रहेकाले प्रेसलाई कुण्ठित गर्न खोजेको बताउनुहुदै जस्तोसुकै अप्ठ्यारोमा पनि संचारमाध्यमले निष्पक्ष र सकरात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।
अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, सचिव पुर्ण ह्योल्मो, नेवा तजिलजि दवुका अध्यक्ष विष्णुशंकर ख्वाउजुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव रुद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो भने उपाध्यक्ष विवि आले सिन्धुलीयाले स्वागत गरेका थिए ।
पोखरा उपमहानगरपालिकाको सहयोगमा साचालित प्रशिक्षणमा कास्कीका कि्रयाशील आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका प्रतिनीधिहरु गरी ४० जनाको सहभागीता रहेको छ । प्रशिक्षणको दोश्रोदिन शनिवार आदिवासी जनजातिका वर्तमान मुद्धा सुचनाको हक र साचार विषयमा अधिवक्ता जुनाकुमारी गुरुङले प्रशिक्षण दिनु हुने अनिज कास्कीका अध्यक्ष हुम गुरुङले जानकारी दिए ।
रुद्र श्रीसमगर, पोखरा
