राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको बैठक बुटवलमा सम्पन्न भएको छ । लुम्विनी राज्य परिषदका अध्यक्ष नागेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले चैत्र १२ गते संघीयता विरोधी खवरदारी मोटरसाइकल र् याली गर्ने निर्णय गरेको छ ।
रुपन्देहीको भैरहवाबाट शुरु भई नवलपरासी जिल्लाको परासी बजार सुनवल बुटवल कपिलवस्तु जिल्लाको तौलिहवा जितपुर चारनम्वर हुदै बुटवलमा आएर समापन गर्ने परिषदका सचिव तिल बहादुर झेडीले बताउनु भयो ।
त्यसै गरी बैठकले चैत्र १५ गते कपिलवस्तु जिल्लाको चार नम्वरमा चैत्र १७ गते रुपन्देही जिल्लाको भैरहवमा र चैत्र २० गते नवलपरासी जिल्लाको परासी बजारमा संघीयता विरोधी भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको लुम्विनी राज्य परिषदका सदस्य ममता बुढाथोकीले बताउनु भयो । पार्टीका संघीय परिषद सदस्य लक्ष्मी सारुको प्रमुख आतिथ्यता र सचिव तिल बहादुर झेडीको संचालनमा बैठक सम्पन्न भएको थियो ।
गोविन्द घर्ति, रुपन्देही
