मोना हङकङद्वारा म्याग्दिली विद्यार्थीलाई छात्रवृत्ति

Read Time:2 Minute, 15 Second

म्याग्दिका सार्वजनिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई क्रमश ३० र २० हजार छात्रवृत्ति स्वरुप वार्षिक रुपमा प्रदान गर्न म्याग्दी प्रवासी नेपाली संघ हङकङले नेपालको बैंकमा नै कोष स्थापना गरेर छात्रवृत्ति प्रदान गर्न पहल गरेको छ । गतवर्ष एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका छात्र र छात्रालाई फागुन १६ गते नेपाल रेडक्रस सोसाइटीको भवनमा मोना युके र मोना हङकङको पदाधिकारीहरुलाई संयुक्त रुपमा राखेको स्वागत कार्यक्रममा मोना हङकङका अध्यक्ष दलबहादुर पुनको हातबाट रकम हस्तान्तरण गरिएको छ ।
 
यसवर्ष जमुना खर्क उच्च मावि अर्थुङेका विद्यार्थी प्रतिक ढुंगाना रु ३० हजार र आरती ढुंगानाले रु २० हजारको छात्रवृत्ति पाएका थिए । जसरी मोना युकेले स्वास्थ्य क्षेत्रमा योगदान दिएको छ त्यसै गरि मोना हङकङले म्याग्दीको सार्वजनिक विद्यालयहरुको शैक्षिक स्तर उपलब्धी मुलक बनाउन यो छात्रवृत्ति योजना ल्याएको हो । यस कार्यक्रमको लागि हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुले गत वर्षदेखि आर्थिक संकलन शुरु गरिएको कुरा संघका उपाध्यक्ष बताउँछन् । कोषलाई १० लाख सम्म पुर् याउने योजनासमेत रहेर कार्यगत रुपमा हङकङबासी म्याग्देलीहरु लागिरहेको जानकारी गराउँछन् । मोना हङकङका अध्यक्ष दलबहादुर पुनबाट दानामा अवस्थित सुर्योदय उच्च माविको लागि २५ हजार व्यक्तिगत रुपमा सहयोग प्रदान गर्ने वचनवद्धता दिएका छन् ।
 
मेजन पुन मगर म्याग्दी
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %