दुवै मृगौला खराब भएर डायलोसिस गरिरहेका तिर्थवहादुर गुरुङ्गको उपचारका लागि चिउली पार्चे कम्युनिटी युकेबाट साढे रु ५ लाख सहयोग प्राप्त भएको छ । गुरुङको उपचकार लागि अहिलेसम्म करिब २३ लाख रुपैया सहयोग भइसकेको छ ।
चिउली पार्चे कम्युनिटी युकेको पहलमा युकेमा संकलित ५ लाख २७ हजार १ सय ३२ रुपैया वुधवार एक समारोहवीच पिडितका कान्छाबाबा राम सुब्बा गुरुङ्गलाई युके कम्युनिटीका प्रतितिधिद्धय चहेन्द्रजंग गुरुङ्ग र वुद्धि वहादुर गुरुङ्गले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । यसैगरी युएई दुवईमा कार्यरत दाजुभाईहरुबाट पिडित गुरुङ्गलाई ५७ हजार ४ सय ७७ रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै अफगानिस्तानमा कार्यरत सोँधाका जयसन गुरुङ्ग र उहाँका साथीहरुबाट १६ हजार रुपैयाँ जयसनका दिदि कुमारी गुरुङ्गले पिडितका कान्छाबाबा रामसुब्बा गुरुङ्गलाई प्रदान गरेका थिए । गर्नुभएको थियो । यसैवीच चिउली पार्चे तमु समाज सिक्लेस विकास सरोकार समुह र सिक्लेस युवा क्लवको पहलमा पिडित गुरुङ्गको लागी थालेको आर्थिक संकलन अभियान अन्तर्गत वुधवारसम्म चिउली पार्चे तमु समाज पोखरालाई २२ लाख ५६ हजार ४९ रुपैया संकलन भएको समाजका सविच पम वहादुर गुरुङ्गले जानकारी दिए ।
वुधवार चिउली पार्चे तमु समाजको प्राङ्गनमा आयोजित रकम हस्तान्तराण कार्यक्रममा युके निवासी गुमन िसं गुरुङ्गबाट २० हजार कमलपोखरी आमा तथा युवा समुहबाट १९ हजार ९ सय दुधपोखरी वचत तथा ऋण सहकारी संस्था शितलादेवी माटेपानीबाट १० हजार सिक्लेस विकास सरोकार समुहबाट ५ हजार वालविद्या वोर्डिङ्ग स्कुलका पुर्वपि्रन्सीपल धनराजबाट ५ हजार र वालविद्या वोर्डिङ्ग स्कुलबाट ३ हजार ५ सय प्रदान गरेको छ ।
समाजका कार्यवाहक अध्यक्ष सुवेदार रणवहादुर गुरुङ्गको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार सदस्य क्याप्टेन टेकवहादुर गुरुङ्ग सचिव पमवहादुर गुरुङ्ग चिउली पार्चे कम्युनिटी युकेका प्रतिनिधी चहेन्द्रजंग गुरुङ्ग सिक्लेस विकास सरोकार समुहका सचिव पोलवहादुर गुरुङ्ग र संचारकर्मी देवीजंग तमुलगायतले विरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
देवीजंग तमु, पोखरा
