आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य पुरस्कार घोषणा

Read Time:2 Minute, 12 Second

फूलकुमारी थापा मगर र इर्धासी झाँक्री मगर (दायाँ)

www.rajyasatta.com Exclusive: मगर भाषाका आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यसवर्षको सिँजाली मगर पुरस्कार घोषणा गरेको छ । श्रीमती फूलकुमारी थापा मगरलाई सिँजाली मगर पुरस्कार दिने निर्णय भएको स्रोतले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ । प्रतिष्ठानको चैत ३ गते ललितपुरमा बसेको वैठकले पुरस्कार घोषणा गरेको हो । बाह्र मगर भाषामा साहित्य लेखन गर्दै आएकी थापा मगरले रु ३० हजार सहित प्रमाणपत्र पाउने प्रतिष्ठानका एक सदस्यले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । थापा मगरको हर्षमानो सपना शीर्षकको कथा चर्चित छ । प्रतिष्ठानले पुरस्कार राशीमा हरेक वर्ष रु. ५ हजार बृद्धि गर्दै आएको छ ।

यसैवर्षदेखि शुरु गरिएको आदिकवि जीतबहादुर सिँजाली मगर नवप्रतिभा पुरस्कार इर्धाश्री झाँक्री मगरले पाउने भएकी छन् । झाँक्रीले अठार मगर भाषामा कलम चलाउँदै आएकी छन् । उनी साहित्यसँगसँगै पत्रकारितामा पनि कि्रयाशिल छन् । उनी मगर लेखक संघकी उपाध्यक्ष समेत हुन । दुबै पुरस्कार चैत १८ गते वितरण हुने वैठक स्रोतले जानकारी दिएको छ । यसैवीच सिँजाली प्रतिष्ठानको साधारणसभा चैत १० गते हुने भएको छ ।

प्रतिष्ठानकी अध्यक्ष श्रीमती कुन्ता थापा मगरको अध्यक्षतामा बसेको वैठकलॆ यस्तो निर्णय गरेको हो । मगर भाषाका आदिकवि जीतबहादुर सिँजाली मगरको नाममा स्थापित प्रतिष्ठानले मगर भाषा साहित्यमा टेवा दिनेहरुलाई प्रोत्साहन दिका लागि पुरस्कार वितरण गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %