राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको बैठक बुटवलमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष नागेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले संविधान जारी हुने समय नजिकिदै गर्दा संघीयता विरोधी दलको चलखेल बढ्दै गएको ठहर गरेको छ ।
बैठकले लुम्विनी राज्य समिति अन्र्तगतका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा संघीयता विरोधी भण्डाफोर तथा खवरदारी सभा र मोटरसाइकल र् याली गर्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा र नवलपरासीको परासी बजारमा संघीयता विरोधी भण्डाफोर तथा खवरदारी सभा गर्ने निर्णय गरेको अध्यक्ष नागेन्द्र प्रसाद चौधरीले बताए ।
सोही बैठकलॆ डा. नरेन्द्र चौधरी, विष्णुबहादुर गुरुङ्ग, रुमकुमार वाचे, चन्दा सुनारलाई लुम्विनी राज्य परिषद्मा मनोनित गरेको अध्यक्ष चौधरीले बताए । पार्टीका महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा भएको बैठकमा संघीय परिषद् सदस्य हाजी मोहम्मद हसन, संघीय परिषद सदस्य अशोक पुन लगायतको सहभागिता रहेको थियो । वैठक सचिव तिलबहादुर झेडीको संचालनमा सम्पन्न भएको थियो ।
गोविन्द घर्ति\रुपन्देही
