फागु पर्व मनाउने क्रममा दुई जनाको ज्यान गएको छ । काठमाडौं पेप्सीकोलाका १७ वर्षीय सिम्रन कार्कीको रङ छ्याप्ने क्रममा तीनतले घरको छतबाट खसेर मृत्यु भएको हो । घरको छतबाट खसेर सिकिस्त भएकी उनलाई ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका लागि पुर् याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
काठमाडौँकै हात्तीगौँडामा रंग खेल्ने क्रममा घरको छतबाट खसेर आठ वर्षीय बालक डोनिक श्रेष्ठको मृत्यु भएको छ । जवरजस्ती रङ लगाउने, ट्राफिक नियम पालन नगरी सवारी चलाउने तथा मादक पदार्थ खाएर सवारी साधन चलाउने करिब एकहजार १६४ जनालाई नियन्त्रणमा लिएको छ ।
फागु पर्वमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६, हेलमेट नलगाई मोटरसाइकल चलाउने १४४, सिटबेल्ट नबाँधेर सवारी चलाउने १३४, एउटै मोटरसाइकलमा तीन जना बस्ने १६६, लाइसेन्सबिना सवारी चलाउने १८९ र अन्य गरी ५६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
