चिमखोले काइँलाका एकै पटक तीन कृति

Read Time:3 Minute, 38 Second

 

चिमखोले काइँला उर्फ दुतबहादुर गर्बुजा पुन मगरको तिनवटा कृति कविता संग्रह ‘युकेको जिन्दगी’, आधुनिक गीति एल्बम ‘लण्डनको कोसेली’ तथा ‘युकेतिर जाउली’ लोक तथा दोहोरी गीति एल्बम एकैसाथ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित गजलकार बुंद राना मगरले विमोचन गरे । युनाइटेड वल्र्ड ट्रेड सेन्टर काठमाडौंमा तीन कृति सार्वजनिक गराउन पुन युकेबाट नेपाल आएका हुन ।

चिमखोले काइँला बैरागी काइँला जस्तै प्रसिद्धिको शिखरमा पुग्न सफल बनोस प्रमुख अतिथि राना मगरले मन्तव्य व्यक्त गरे । युकेमा नोकरी गर्दै समाजसेवा साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाएका पुन मगरले छोटो समयमा स्थापित हुनसक्नु नै ठुलो उपलब्धी हो युके मगर संघका सल्लाहाकार लीलामान शेर्पुाजा मगरले कार्यक्रममा भने ।

बि्रटीस लाहुरे समाजमा घटिरहेका र युकेमा बसोवास गर्ने भूपूहरुको परिवारमा घटेका घटनालाई व्यङ्ग्य मार्फत स्थापित चिमखोले काइँला प्रतिभावान साहित्यकार हुन् प्रवासी नेपाली साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष रक्ष राइले व्यक्त गरे  ।  असहाय बालबालिका तथा वृद्धाश्रम सहयोगार्थ र नेपाली तथा मगर भाषा साहित्य नव प्रतिभा पुरस्कार स्थापना गर्ने प्रतिवद्धताका साथ कविता संग्रह प्रकाशन गर्न शुभकामना मन्तव्य भुमिका लेखिदिने दुई शब्द लेखिदिने आवरण कम्प्युटर सेटिङ् गरिदिने गीति एल्बममा संगीत संयोजन संगीतकार गायक गायिका रेर्कर्डिष्ट सबैलाई धनयवाद दिदैं दुइवटा कविता वाचन सहित धन्यवाद मन्तव्य लेखक कवि एवं गीतकार चिमखोले काइँलाले व्यक्त गरेका थिए ।

लेखक कहिल्यै मर्न नसक्ने श्रष्टा भएकोले कवि एवं गीतकार चिमखोले काइँलालाई बधाइ सहित विमोचन समारोहका सभापति प्रकाश सायमीले कार्यक्रम समापन गरेका थिए । समारोहमा श्याम सामसोङले गीत र चिमखोलाका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा चर्चित दोहोरी गायिका संगीता थापा मगरको लोकदोहोरी भिसिडी विमोचन पनि गरिएको थियो ।
 
हाल बेलायतमा कार्यरत अवकास प्राप्त बि्रटिस आर्मी चिमखोले काइँला म्याग्दी जिल्ला कान्छी गाउँमा पचास बर्ष अघि जन्मिएका हुन् । साहित्य संगीतसंगै समाजसेवामा समर्पित मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष साप्ताहिक एभरेष्ट टाइम पत्रिकाको प्रबन्ध निर्देशक रहेर पत्रकारितासँग पनि जोडिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %