शान्ति र संविधानका लागि बौद्धमार्गी तात्ने

Read Time:1 Minute, 14 Second

शान्ति र संविधानका लागि नेपाल बौद्ध धर्म सङ्घले शान्ति सम्मेलन गर्ने भएको छ । सम्मेलनमा  चैत ३ गते विभिन्न सम्प्रदायका बौद्ध गुरुहरुको सहभागितामा रहने भएको छ ।

सम्मेलनबारे जानकारी फागन २२ गते राजधानीमा आयोजित पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार निर्धारित समयमै शान्ति प्रकि्रया र संविधान निर्माण कार्य पूरा गर्नका लागि सम्पूर्ण राजनीतिक दललाई दबाब दिने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समेत सम्मेलनमा आमन्त्रण गरेर अध्यात्मिक प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सङ्घले निर्धारित समयभित्र संविधान जारी गरी मुलुकमा राजनीतिक स्थिरता कायम गर्न दवाव मुलक भूमिका खेल्न पनि विभिन्न सङ्घसस्थालाई आग्रह गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %