यस्तो छ खस क्षेत्रीको वार्ताटोली

Read Time:1 Minute, 50 Second

वास्तविक आदिवासी जनजाति र दलितलाई आरक्षण दिन नुहुने तथा आफूहरुलाई आदिवासी सूचिकृत गर्नुपर्ने माग राख्दै आएको खस क्षेत्री एकता समाजले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । समाजका अध्यक्ष युवराज कार्कीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरिएको हो ।
 
आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन लागेका खस क्षेत्रीको वार्ताटोलीमा लक्ष्मण बस्नेत, यादवकुमार केसी, भीमबहादुर थापा, रणबहादुर भण्डारी, रामबहादुर थापा र लिलाबहादुर बस्नेत रहेका छन् । यसैगर राजन केसी र केबी रोकायालाई वार्ताको सहजकर्ता चयन गरएको छ ।

फागुन १० गतेदेखि पूर्वााचल बन्द लगायतका आन्दोलनका कार्यक्रम तय गरी सङ्घर्षमा उत्रेको समाजलाई सरकारकातर्फबाट वार्तामा आउन आह्वान गरिएपछि वार्ता टोली बनाएर वार्ता प्रकि्रयालाई अगाडि बढाइएको संयोजक कार्कीको भनाई छ ।

समाजले खस क्षेत्रीलाई राज्यका सबै संयन्त्रमा आरक्षणको व्यवस्था गर्नुपर्ने, आरक्षण कोटा वास्तविक आदवासी जनजात र दलितलाई दिन नहुने,  खसान राज्य कायम गरिनुपर्ने, जावेश्वर नागराजलाई राष्ट्रिय विभूति कायम गर्नुपर्ने, खस भाषालाई मान्यता दिनुपर्नेलगायतका माग राखेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %