सदभावना पार्टीबाट विभाजन भएर गठन भएको संघीय सदभावना पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । राजधानीमा फागुन २३ गते आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार महाधिवेशन वैशाख ८, ९ र १० गते वीरगन्जमा हुने भएको हो ।
उद्योग मन्त्री तथा पार्टी अध्यक्ष अनिल झाको संयोजकत्वमा २७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशनका लागि वेचनप्रसाद गुप्ताको संयोजकत्वमा सात सदस्यीय संसदीय समिति, अध्यक्ष झा पदेन सदस्य र सत्यनारायण साह सचिव रहने गरी अनुशासन समिति, मालावती थारुको संयोजकत्वमा कार्य व्यवस्था समन्वय समिति, उद्योग राज्यमन्त्री खोभारी रायको संयोजकत्वमा घोषणापत्र परिमार्जन समिति तथा महेशप्रसाद यादवको संयोजकत्वको प्रचार-प्रसार समिति गठन गरेको झाले जानकारी दिए ।
सुनिल रोहितको संयोजकत्वमा विधान परिमार्जन समिति देवेन्द्र यादवको संयोजकत्वमा राजनीतिक प्रतिवेदन निर्माण समिति, शिवप्रसाद पटेलको संयोजकत्वमा स्वागत समिति, चन्दन िसंहको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय समिति तथा शविर खाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिसमेत गठन भएको छ ।
संघीय सदभावना पार्टीको संविधानसभामा चार सभासद रहेका छन् । संयुक्त मधेशी मोर्चामा आफूहरुलाई सहभागि नगराएको भन्दै अध्यक्ष झाले आपत्ति प्रकट गरे ।
