संघीयताको प्राथमिकतामा जातीय अधिकार-बास्तोला

Read Time:1 Minute, 21 Second

एकीकृत नेकपामाओवादी पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले संघीयताको प्रमुख आधार जाती भएको बताएका छन् । कर्णालीमा खस संघीय राज्यको अवधारणा तथा प्रधानमन्त्रीलाई बुझाउन लागिएको ४९ सुत्रीय ज्ञापनपत्रको विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन ।  

कार्यक्रममा बोल्दै नेता बास्तोलाले मुलुकमा व्याप्त जातीय, क्षेत्रीय, वर्गीय समस्याको समाधान गरेर राज्य पुनःसरचना गर्नुपर्ने धारणा राखे । राज्यको पुनःसरचानाको विषयलाई विवादमा नल्याई समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

बलिराज शाहीले कर्णाली क्षेत्र सदियौंदेखि विकास निर्माणबाट बिाचत भएकाले वैज्ञानिक ढङ्गले प्रदेश विभाजन गरी वर्गीय समस्याको समाधान गर्नुपर्ने बताए ।  राज्यले कर्णालीका जनतामाथि गद्र्यै आएको विभेद तत्काल हटाउनु पर्ने भनको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %