थारु अन्तराष्ट्रिय सम्मेलनको १५ बुँदे घोषणापत्र

Read Time:8 Minute, 30 Second

थारु एराउण्ड द वल्र्ड नेपाल,  नेपालगन्ज घोषणा पत्र २०६८
 
नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्र हो । नेपाल भौगोलिकरुपमा हिमाल, पहाड र तराई क्षेत्रमा बिभाजित छ । तराई क्षेत्रलाई थरुवट क्षेत्रकोरुपमा परापूर्वकालदेखि मानिदैआएको छ । नेपालको थरुवट क्षेत्रमा थारु आदिवासीहरुको सघन बस्तीरहेको छ । थारु समुदायको आफ्नै भाषा संस्कार संस्कृति रीतिरिवाज रहनसहन आफ्नै मौलिकता तथा आदिमकालदेखि चल्दैआएको लोकतान्त्रिक शासनपद्धती रहेको मटावाँ, बरघर, भल्मन्सा, चिरक्या, ककनडर्वा प्रणाली अहिले पनि कायमै छ । मटावाँ, बरघर प्रणाली अनुसार थारु समुदायले आफ्नो गाउँमा प्रशासनिक न्यायीक तथा गाउँको विकास कार्यसमेत आफ्नै पुरानो शैली एवं परम्पराअनुसार कार्य गर्दैआएका छन् । थारुहरु प्रकृतिपुजक हुन् । हरेक कार्य प्रकृतिसँग जोडिने भएकाले प्राकृतिक श्रोतसाधन लगायत वातावरण संरक्षण शान्ति सदभाव कायम राख्न थारुले मुख्य भूमिका निर्वाह गर्दै आएका छन् ।  

करिब ५० लाख जनसंख्या रहेका थारुहरु थरुवट क्षेत्रका धर्तीपुत्र हुन् । थारुहरु शिक्षा स्वास्थ्य संस्कृति प्रशासनिक न्यायीक राजनीतिक साचार माध्यम तथा नीति निर्माण कार्यमा प्रतिनिधित्व हुनबाट सदियौंदेखि राज्यबाट बन्चित पारिदैै आएको छ । थारु समुदायको शिक्षा स्वास्थ्य रोजगार संस्कृति संरक्षण राज्यका हरेक संयन्त्रमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व तथा नयाँ संविधानमा ऐतिहासिक पहिचान र अस्तित्वसहितको ब्यवस्था सुनिश्चित गर्नुपर्छ ।

काम तथा रोजगारका लागि देश बिदेशमा बसोवास तथा कार्यरत थारुहरुको संस्था थारु अराउण्ड द वल्र्डको आयोजनामा नेपालगन्जमा प्रथम अन्तर्राष्ट्रिय थारु आदिवासी युवा सम्मेलन २०६८ मा व्यापक छलफल गरी १५ बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दछ । थारु सम्मेलनको घोषणापत्र राज्यसत्ता डटकमका पाठकहरुका लागि प्रस्तुत गरेका छौं ।
 
१. जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा नयाँ बन्ने संविधानमा थारु बाहुल्य क्षेत्रमा थरुवट प्रदेश र बसोबास सघन नभएको क्षेत्रमा विशेष पहिचान सहितको स्वायत्त प्रदेशको व्यवस्था हुनुपर्ने ।
 
२. राज्यको हरेक अंग निकाय र संयन्त्रमा जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक समावेशी सिद्धान्तको आधारमा   प्रतिनिधित्व हुने मौलिकहकको रुपमा संविधानमा ब्यवस्था गरियोस् ।  
 
३. राजनीतिक दल र निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक मा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व हुने संविधानमा ब्यवस्था गर्न माग गर्दछौं ।
 
४. थारु समुदायको राजनीतिक सांस्कृतिक भाषिक आर्थिक र न्यायीक लगायतका क्षेत्रमा राज्यले हालसम्म थारुलाई उपेक्षा गरेकै कारण क्षतिपूर्तिस्वरुप अग्राधिकारका साथै थारुको क्षमता अभिबृद्धि दक्षता कार्यकुशलता र प्रतिस्पर्धात्मक बृत्ति विकासका लागि छुट्टै प्याकेजको संवैधानिकरुपमै ब्यवस्था हुनुपर्ने ।

५. नयाँ वन्ने संविधानको प्रस्तावनामा थरुवट आन्दोलन शब्द उल्लेख हुनुपर्ने ।

६. थारु जातिको अधिकार सुनिश्चित्ताका लागि नयाँ संविधानको मौलिक हकमा छुट्टै थारु आयोगको ब्यवस्था हुनुपर्ने ।

७. थारुहरुको परम्परागत संरचना मटावाँ बरघर प्रणालीलाई संविधानको मौलिक अधिकारको रुपमा सुनिश्चित गरियोस् ।

८. थारु भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिई सरकारी कामकाजी भाषाको रुपमा संविधानको मौलिकहकमा ब्यवस्था गरिनु पर्ने ।

९. प्राकृतिक श्रोतसाधन जल जमिन जंगललगायतमा थारुको शीर्ष स्थानमा प्रतिनिधित्व गरी थारुको प्रथाजनित कानूनलाई संवैधानिकरुपमै सुनिश्चित् गरियोस् ।
१०.मुक्त कमैया तथा कम्लहरीको शैक्षिक संस्थाहरु प्राविधिक र अप्राविधिक मा प्रत्येक तहमा निशुल्क र छात्रबृत्ति प्रदान गरी रोजगारकोको सुनिश्चित्ता नीतिमै व्यवस्था गरिनुपर्ने ।

११. प्राविधिक शिक्षाको लागि जातीय जनसंख्याको आधारमा कोटा निर्धारण गरी पूर्ण छात्रबृत्ति प्रदान गरिनुपर्ने ।

१२. थारु समुदायमा रहेका पुराना मौलिक कला संस्कृतिलाई मौलिकता र पहिचान नखल्बलिनेगरी संरक्षण तथा संवद्र्धनमा राज्यतहबाटै विशेष सहुलियत तथा लगानीको व्यवस्था गरियोस् । ब्यापार ब्यवसाय कृषि उद्योग तथा कलकारखाना संचालन गर्नको लागि थारु समुदायलाई राज्यले विशेष सहुलियतको व्यवस्था गर्न हामी जोड्दार माग गर्दछौं ।

१३.नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको कोटाको ठाउँमा थारु आदिबासी उल्लेखगरि निश्चित कोटाको ब्यवस्था गरिनु  पर्ने ।

१४. थारु समुदायको ऐतिहासिक पृष्ठभूमि बोकेका गाउँ तथा स्थानको नाममाथि नेपाली भाषीले आक्रमण गरि नाम परिवर्तन गर्ने कार्यलाई तत्काल रोकी पुरानो नामलाई कायम गरियोस् ।

१५. साचार क्षेत्रमा सदियौंदेखि थारु समुदायलाई राज्यले बिाचत गर्दैआएकाले सरकारी तथा निजी साचारगृहमा थारु पत्रकार तथा साचारकर्मीको कोटा सुनिश्चित् गरी थारुको सीप दक्षता अभिबृद्धिका लागि राज्यले विशेष प्याकेज बनाउनु पर्ने । पत्रपत्रिका वर्गिकरण विज्ञापन नीति मूल्यांकनमा थारुको प्रतिनिधित्व सुनिश्चित् गरियोस् ।
 
………………………                                      ……………
विश्वराज पछल्डंग्या                                 महावीर चौधरी  
संयोजक                                         अध्यक्ष
प्रथम अन्तर्राष्ट्रिय थारु आदिबासी यूवा सम्मेलन       थारु एराउण्ड द वल्र्ड नेपाल
ब्यवस्थापन समिित
 
सम्बन्धित समाचार

अन्तराष्ट्रिय थारु युवा सम्मेलन सम्पन्न

थरुहट प्रदेश असम्भव-विजय गच्छदार

प्रथम अन्तराष्ट्रिय थारु युवा सम्मेलन शुरु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %