थरुहट प्रदेश असम्भव-विजय गच्छदार

Read Time:2 Minute, 24 Second

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारुहरुकै कार्यक्रममा गएर थरुहट प्रदेश बन्न नसक्ने धारणा राखेका छन् । फागुन १८ गते नेपालगंजमा आयोजित अन्तराष्ट्रिय थारु आदिवासी युवा सम्मेलनको उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका गच्छदारले थरुहट प्रदेश वा एक मधेश एक प्रदेश दुबै असम्भव रहेको  उल्लेख गरे । थारु वा मधेशीको मात्रै नभई मुलुकका सबै जातजाति, भाषाभाषीलाई यथोचित स्थान निर्धारण गरिएको संविधान निर्धारित समयभित्र जारी हुने आश्वासन भने गच्छदारले कार्यक्रममा व्यक्ति गरे ।
गच्छदारले आपुनो अधिकारको माग अघि सार्दा थारु समुदायले अरु जातिको अधिकारलाई कुण्ठित गर्न नहुनेमा जोड दिँदै गृहमन्त्री गच्छदारले एक मधेस एक प्रदेश थारु समुदायलाई स्वीकार्य हुन्न भने थरुहट राज्य हुनुपर्ने माग कसरी पूरा हुन्छ भनी प्रश्न गरे ।  गच्छदारले अधिकारको लडाइँमा थारु समुदाय राजनीतिक विचारभन्दा माथि उठ्न सक्नुपर्छ भन्दै विभाजित आन्दोलनले माग पूरा नहुने उल्लेख गरे ।

नेपाल थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले समावेशी विद्येयकले थारुलाई मधेशी बनाउन खोजेको बताए । २२ गते भित्र विद्येयक नसच्चिए आन्दोलन गरिने लक्ष्मणको चेतावनी थियो ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहटकी अध्यक्ष तथा सभासद रुक्मणी चौधरी, सभासदहरु इन्द्र चौधरी, भगवती चौधरी र सुकदैया चौधरीले नयाँ निर्माण हुने संविधानमा थारु समुदायको अधिकार सुनिश्चित हुनुपर्ने धारणा राखे ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %